तीज गीतमा रेस्लर जुरेलीको हट अवतार

तीज गीत बजारमा आइरहेका बेला रेस्लर  अस्मिता सुनार जुरेलीले फरक किसिमको गीत बजारमा ल्याएकी छन् । अस्मिताले ल्याएको ‘मान्देउ न शिवजी’ बोलको गीतको भिडियोमा गायिका अस्मिता निकै हट अवतारमा प्रस्तुत भएकी छन् । भिडियोमा नवराज उप्रेतीको छायांकन, समिर मियाँको सम्पादन र रंग संयोजन तथा शिव विकको कोरियोग्राफी र निर्देशन छ ।

रेस्लिङ्ग खेल संगै कला क्षेत्रमा पनि सक्रिय अस्मिताले पहिलो पटक आफ्नै आवाजमा गीत गएकी छिन। गीत र सिरियलहरुमा अभिनय गर्दै आएकी अस्मिता अब गायनमा पनि जम्ने सुरमा छिन् । कोरोना कहरको कारण तात्न नसकिरहेको तीजको माहौल तताउने सोचले उनले यसपाली तिजकै गीत रोजेकी छिन् । यो गीतमा अस्मिताकोै बेजोड नृत्य देख्न सकिन्छ ।

ओम सुनारको संगीत रहेको उक्त गीत “मानिदेउन शिव जी“लाइ शिवम अधिकारीले लेखेका हुन् भने गीतमा अस्मिता जुरेली, दुर्गेश थापा, लोमोस शर्मा, अर्जुन गौतम, रविन हुड सेन, नरेशवीर सिंह, रमेश थापा, समिर खान, दिनेश कठायत, प्रेम खड्का, रविन प्ररब सेन, ध्रुव हिमाली, विश्व केसी, इश्वरी नेपाली, द हिमालयन टाइगर र भगवती खड्का(युनिका) अभिनय हेर्न सकिन्छ ।