तीजको रन्कोले छोएको छ सेलिना कुँवरलाई, ह्यन्ड्सम पोइ खोज्दै

हिन्दू महिलाहरुको महान चाड तिज नजिकिँदैछ तर यतिबेला विश्वनै कोरोनाको त्रासदीमा छ । परिस्थिती जस्तोसुकै होस् आफ्नो संस्कृतिलाई हामीले बिर्सनै सकेका छैनौं । सांस्कृतिक पर्वसँगै आफूलाई सदैव अब्बल सिर्जनामार्फत प्रस्तुत हुने गायिका हुन् सेलिना कुँवर।

गायिका सेलिना कुँवरलाई समेत यतिबेला तीजको रन्कोले राम्रैसँग छोएको छ। उनको ‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम पोइ’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ। बेस म्युजिक नेपाल युटुब च्यानल बाट गीतको भिडियो सार्वजनिक गरिएको हो।

अञ्जली अधिकारीले मोडलिङ्ग गरेको उक्त भिडियोको हरेक पक्ष उत्कृष्ट रहेको तथा गायन र शब्द रचना समेत उत्कृष्ट रहेको निर्माण पक्षको दावी छ । उक्त गीतको शब्द रचना अर्जुन पौडेल तथा सङ्गीत सन्तोष राजको रहेको छ ।