विजय शिवाकोटीको ‘मेरो गीत मन पराउँछ्यौ’को भिडियो सार्वजनिक

२०७० सालमै प्रकाशनमा आएको नेपाली संगीतको राम्रो एल्बम ‘आशय’ मा संग्रहित गीत ‘मेरो गीत मनपराउछौ’ मा भिडियो बनेर सार्वजनिक भएको छ । शब्द बिजय सिवाकोटी , संगीत दिपक जंगम र स्वर दिपक खरेलको स्वरमा बनेको उक्त एल्बम संगीत समीक्षकहरुले रुचाएको एल्बम थियो ।  गीत उच्चकोटीको रहेको भनाई सबैको थियो ।

सोहि एल्बममा समावेश यो गीत पनि सबैको तारिफ पाउन सफल थियो । अब सोहि गीत भिडियोमा पनि हेर्न पाईने भएको छ । प्रेमकथामा आधारित गीतको म्युजिक भिडियोमा डा. विकास थापा र डा. सत्यप्रिया शिवाकोटीको अभिनय छ । ईश्वर बल्लभ र बालकलाकार अंशुमन घिमिरेले सहयोगी कलाकारको भूमिका निभाएका छन् ।सन्दिप डंगोलको निर्देशनमा तयार भएको भिडियोलाई आनन्द प्रभाकर घिमिरेले खिचेका हुन् । सचिन सिंहको एरेन्जमेन्ट सुन्दर छ ।