रेस्लर भगवती खड्कालाई तीजको रन्को

नारीहरूको महान चाड हरितालिका तीज । परापूर्वक कालमा हिमालय पुत्री देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ । तीजको दिन महिलाहरु निराहार व्रत बस्ने गर्दछन् ।अघिल्ला वर्षहरुमा तीज आउनुभन्दा महिना दिन अगावैदेखि शहर बजारमा चहलपहल हुन्थ्यो । तर, यसपटक कोरोनाको त्रासले तीजको खासै रौनक छैन । समुहमा भेला भएर मनाइने यो पर्व निषेधाज्ञाका कारण घर वा कोठाभित्र खुम्चिएर मनाउनु पर्ने बाध्यता छ ।

प्राय धर्मकर्ममा त्यति रुची कहिल्यै नदेखाएकी रेस्लर भगवती खड्कालाई यसपाली तीजले छोएको छ ।अबिबाहित यिनी पनि पानी पनि नखाई वर्त बसेकी थिईन । ‘ यसपाली मलाई पनि रहर लाग्यो ! अनुभव लिन भए पनि बसौ भन्ने सोच आयो -उनले भनिन। चिटिक्कै भएर वर्त बसेकी भगवती अब हरेक वर्ष यों क्रम जारी राख्ने सोचमा पनि पुगेकी छिन् ।