नवराज धोरासैनीले गायिका आशा लामालाई पनि काठे भाकामा डोराउदै

लोकप्रिय गायक नवराज घोरासैनीले बिगत २ दशकदेखि नेपाली लोकगायनमा संक्रिय रहदै आएकी गायिका आशा लामालाई गायनमा डोराउदै आएका छन् । सबैप्रकारका लोकगीत गाउदै आएकी आशालाई बेला बेलामा काठेभाकामा पनि अवसर दिने काममा घोरासैनी निकै संक्रिय छन् । हरेक वर्षजसो एउटा गीत आशासंग गाउदै आएका छन् ।

यसपाली पनि एउटा मिठो काठे गीतमा यो जोडी देखापरेको छ । ‘तारा खसालेर’ नामक थेगोमा नाचौ नाचौ लाग्ने गीत बनाएका छन् । गीतको सबालजबाफ गज्जबको छ । सुन्दा नै मन आन्नद हुने खालको छ । संगीत पक्षमा सुन्दर छ । माधब थापा र नवराज घोरासैनीको शब्द संकलन रहेको यो गीतको भाका बनाउने काम नवराजले नै गरेका छन् ।

कमल सौरागको संगीत संयोजन रहेको यो गीतमा अन्जली अधिकारी , सुनिल गुरुंग , देवि लामिछाने ,कृष्ण घिमिरे, बिष्णु ढकाल, रेडी सेवा, गोकुल गाउले, सन्दिप लोहनीको सामुहिक नृत्य तथा अभिनय छ । गीतमा बिबाहको कथा उनिएको छ । बेहुलीको भुमिकामा अरुणा रत्न देखापरे छिन् । निकै आकर्षक देखिएकी छिन् उनी । भिडियोलाई राज केसीले निर्देशन गरेका छन् भने संन्तोष राजवाहकले कोरियोग्राफ़ी,बुद्ध थापाले छायांकन गरेका छन् । भिडियो आकर्षक बनेको छ ।