हरेक मौसममा कपालको स्याहार गर्न जरुरी-जुली प्याकुरेल

हरेक मौसममा कपालको स्याहार गर्न जरुरी हुन्छ । थोरै बेवास्ता गर्नाले पनि कपाल झर्ने, टुक्रिने, रुखो हुने र कपालको चमकमा कमी आउने गर्छ । यसले गर्दा मानिसको सौन्दर्य र व्यक्तित्वमा समेत नकारात्मक असर पर्छ । त्यस कारण हरेक समयमा कपालको स्याहार गर्न जरुरी हुन्छ । हाम्रो दैनिकी र व्यस्त जीवशैलीका कारण पनि कपालमा धेरै खालका समस्या देखिन्छ । कपालको स्याहार कसरी गर्न सकिन्छ भन्ने विषयमा करिब ३ दशकदेखि सौन्र्दयको क्षेत्रमा काम गर्दै आएकी सौन्र्दयविद् एवं Alps व्युटिपार्लरकी सञ्चालिका जुली प्याकुरेलको टिप्स :

 

कपालको स्याहार र श्रृङ्गार पनि महिलाहरुको सौन्र्दयसँगै जोडिएको हुन्छ । तर कपालको स्यहार गर्दा गर्दै पनि कपालमा धेरै समस्या देखिएको छ । अहिले प्रायको समस्या भनेको कपाल झर्ने , टुक्रने, कपालमा चायाँ पर्ने नै हो । यो समस्या हामीले प्रयोग गर्ने स्याम्पू र केमिकलले नै हो । पानी र धुलो र धुवाको कारण पनि कपालमा धेरै समस्या देखिन्छन् । यससँगै हाम्रो व्यस्त जीवनशैलीले पनि कपालमा समस्या देखा पर्छ । कपालको स्याहारको लागि कति समय दिन सक्छौँ भन्ने कुराले पनि फरक पार्छ । कपालको क्वालिटि अनुसार नै कपालको स्याहार गर्नुपर्छ । आफ्नो कपाल कस्तो छ ? वोइली हो कि ड्राई हो भन्ने कुरामा सबैभन्दा पहिले जानकारी राख्नुपर्छ । कपालको स्याहार गर्न सबैभन्दा गाह्रो हुने ड्राई कपाललाई नै हो । तर वोइलीमा पनि कपालमा पनि चिपचिप हुने समस्या देखिन्छ नै । आज नुहायो भोलि नै कपाल चिपचिप हुदाँ मान्छेलाई दिक्दारी लाग्छ ।

कपालको स्याहारमा तेल नै सबैभन्दा उपयोगी हुन्छ । तेलमा पनि जैतुनको तेल कपालको लागि फाइदाजनक छ । तोरीको तेल पनि राम्रो नै हुन्छ । तोरीको पिनाले पनि कपालको स्याहारमा राम्रो काम गर्छ । ड्राई कपालको लागि यो धेरै उपयोगी छ । त्यस्तै अन्डाको पहेँलो भाग पनि धेरै राम्रो हुन्छ । यसले कपाललाई प्रोटिन दिन्छ । ग्रान्ड गरेको अर्थात (पसेको) स्याउ र केराले पनि ड्राइ कपाललाई धेरै राम्रो गर्छ । यसले कपालमा साइन दिने काम पनि गर्छ । यो अभ्यास हप्तामा एक पटक गर्दा कपाललाई राम्रो बनाउँछ ।

वोइली कपालको लागि भने सिर्का निकै उपयोगी हुन्छ । सिर्कालाई पानीमा राखेर नुहाउनाले कपालमा भएको चिपचिपलाई हटाउँछ । कपालको प्रोटिनको लागि भनेर कपालमा तेल लगाउने गरिन्छ । तर तेल लगाउँदा आफ्नो कपालको क्वालिटी अनुसार लगाउनुपर्छ । वोइली कपाल भएकाहरुले तेल लगाउनु हुदैन । मेथीले पनि कपालमा भएको चिल्लोपनलाई हटाउने काम गर्छ । वोइली कपाल भएकाहरुले मन तातो पानीले नुहाउँदा नै राम्रो हुन्छ । नर्मल कपालको लागि भने चिसो पानी नै राम्रो हुन्छ ।

कपालको स्याहार सम्बन्धि जानकारी :
 स्टाइलिङ प्रोडक्ट प्रयोग गर्नु हुँदैन । कडाखालको रसायन मिसिएको स्याम्पुले केश ड्यामेज गर्छ । हेयर ड्रायरको प्रयोग पनि कम नै गर्नुपर्छ । यसबाट पनि केश सुख्खा तथा कमजोर हुन्छ । अल्कोहलयुक्त प्रोडक्ट प्रयोग गर्नु हुँदैन । स्ट्रेटनर्स वा हट आइरनबाट जोगिनुपर्छ । यसले पनि केशलाई सुख्खा बनाउँछ । त्यसकारण पनि सातामा एकपटक डिप कन्डिसनिङ ट्रिटमेट गराउनुपर्छ । यसले केशलाई हाइड्रेटेड राख्छ ।

 प्रदुषणले पनि हाम्रो कपाललाई खराब बनाईरहेको छ । त्यसकारण पनि धुलो धुवाँबाट कपाललाई जोगाउन बाहिर निस्कदा ह्याट वा स्कार्फले केश कभर गर्नु उपयुक्त हुन्छ ।

 धेरैलाई चाँयाको समस्याले सताईरहेको छ । ड्राई कपाल हुनेहरुलाई बढि यो समस्या देखिन्छ । यो समस्याबाट जोगिन कागतीको रसमा नरिवलको तेल मिसाएर स्काल्पमा १०–१५ मिनेटसम्म मालिस गरेर आधा घन्टापछि स्याम्पूले पखाल्नुपर्छ । यसका साथै कागतीको रस तथा दही मिसाएर बनाएको पेस्ट कपालमा लगाएर ४५ मिनेटपछि चिसो पानीले कपाल धुनुपर्छ । दहीले स्काल्प सफा गर्छ भने कागतीले चायाँ तथा मृत छाला हटाउने काम गर्छ ।

 कपालमा पोशनको कमीले पनि धेरै समस्या देखिन्छ । कपालको पोशनको लागि एक गिलास काँचो दूधमा एक चिया चम्चा मह मिसाएर केशको जरादेखि टुप्पासम्म लगाएर २५ मिनेटपछि मनतातो पानीले स्याम्पु गर्दा केशले पोषण प्राप्त गर्छ ।

 नरिवलको क्रिमलाई हल्का तताउने । त्यसलाई केशको जरादेखि टुप्पासम्म हल्का हातले मालिस गर्ने । तातो तौलियाले केश बेरेर एक घन्टाजति छोड्ने । त्यसपछि माइल्ड स्याम्पुले केश पखाल्ने । यसबाट केश चम्किलो देखिन्छ । त्यस्तै कपालको साइनिङको लागि मेथी पनि निकै उपयोगी हुन्छ । मेथीको दानालाई रातभरि भिजाएर राख्ने । बिहान त्यसलाई पिसेर केही थोपा तोरीको तेल मिसाई आधा घन्टासम्म मसाज गरेर मनतातो पानीले कपाल पखाल्नुपर्छ ।

 एलोबेरा जेलमा कागतीको रसको केही थोपा मिसाउने । यसमा एक चम्चा नरिवलको तेल वा ओलिभ आयल पनि हाल्ने । केशको जरादेखि टुप्पोसम्म राम्रोसँग दलेर आधा घन्टापछि स्याम्पु गरेर कपाल पखाल्नुपर्छ ।