एलिना,किरण र सुदिपको सशक्त गीत ‘पन्छी’ सार्वजनिक

पन्छी शिर्षकमा एउटा मार्मिक र सशक्त गीत सार्वजनिक भएको छ । प्रेम र रोजगारीको क्रममा हुने धोकाधडी र महिला वेचबिखनमा सशक्त आवाज उठाईएको छ यो गीतमा । उडिजाने ए चरी पुर्याई दे खबर ! मज्धारमा अल्झेको छु फर्किन्न कि घर ! यस्ता चोटिला र मर्मस्पर्सी शब्द छ यो गीतमा ।

गायन संगीत र रचना तिनै पक्ष सशक्त देखिन्छ गीतमा । गीत माथी बनेको भिडियो पनि जिवन्त छ । गीतलाई पुरै बोक्न सफल छ । एलिना चौहान, नम्रता अर्याल, गणेश पौडेल सन्तोष कुमार थिंग अभिनित यो गीतलाई निर्देशन संपादन र छायॉकंन गर्ने काम फराज अर्पणले गरेका छन् ।

गीतमा स्वर एलिना चौहान, शब्द रचना सुदिप आत्रय, संगीत किरण माईकल, संगीत संयोजन बिशाल पौडेलको रहेको छ । यस्तो सशक्त र प्रयोगात्मक गीत बनाउनु पक्कै चानचुने काम होईन । गीत सबैकोणबाट उत्कृष्ठ छ ।