टंक, भद्रकला र बादलको आर्को सुमधुर गीत ‘मैले माया लाएको’ श्रोता समक्ष

गरिबीको कारण भर्खरै घरजम गरेको श्रीमती तथा घरपरिवारलाई छाडेर परदेशिनुको पिडा साथै घरखेत साहुले खोसिदिने धम्की बारम्बार आईरहने ज्वलन्त वेदनालाई कथावस्तु बनाईएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।बाध्यताले बिदेशिने र घरवासीको वेदना समावेस गर्न गीतकार सफल भएकी छिन् । टंक लिम्बुको स्वर, भद्रकला आङबुहाङ राईको शब्द र वादल लिम्बुको संगीत रहेको यो गीत निकै मर्मस्पर्शी छ ।भिडियोले पनि यहि कुरा बोलेको छ । भिडियोमा मुख्य कलाकारको रुपमा विनोद तामाङ,शिखा पयाङगु सेनेहाङ,मनोज दाहाल,राजकुमार तेयुङ र धनुकी लिम्बु रहेका छन् । भिडियोका दृश्य उमेश नेपालीले खिच्नुभएको हो भने अनिल रानाको सम्पादन रहेको छ ।

 

परदेशमा बसेर स्वदेशका कथा व्यथा सम्झेर गीत लेख्ने भद्रकला आङबुहाङ राई र त्यसलाई सुमधुर संगीत भर्ने बादल लिम्बु अनि स्वर दिने टंक लिम्बुको यो प्रयास प्रशंसा योग्य छ ।गीत सुनेर र भिडियो हेरेर रमाउने संगीत प्रेमीहरूको लागि यो गीत एउटा राम्रो ख़ज़ाना हुन् सक्छ ।