‘लगौटी एक रिती‘ नामक डकुड्रामाको गीत रेकडिंग प्रारम्भ


सुजन खतिवडाद्वारा निर्माण, लेखन र निर्देशन हुने डकुड्रामा ‘लगौटी एक रिती’को आजबाट गीत रेकडिंग प्रारम्भ गरिएको छ।लोकप्रिय गायिका मेलिना राई र अभिषेक बराईलीको स्वरमा ‘ माया भन्ने दिलको खेल’ बोलको गीतबाट रेकडिंग प्रारम्भ गरिएको यो ड्रामामा तारावीर पाण्डेको संगीत र सुजन खतिवडाको गीत रचना छ।तीनवटा गीत समावेस यस ड्रामाका गीतहरु स्टुडियो यमन पुतलीसडकमा रेकडिंग हुदैछन् । जेठबाट सुटिंगमा जाने यसका कलाकारको टुंगो लागिसकेको छैन। कलाकारहरु एक्टिंग आईकनआईडलबाट छनौट गरिने निर्माण पक्षले बताएको छ।