‘एनएफडीसी अवार्ड’मा अनमोल उत्कृष्ट नायक, नायिकाको अवार्ड वेनिशालाई

यसवर्षको सुरुवातमै पहिलो अवार्डको रुपमा एनएफडिसी नेशनल फिल्म अवार्ड सम्पन्न भएको छ ।गत वर्ष बैशाख १ देखि चैत्र ३० सम्म प्रदर्शनमा आएका फिल्म मध्यबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो । राजधानी स्थित पाँच तारे होटल हयात रिजेन्सीमा आयोजित अवार्डमा फिल्म ‘शत्रु गते’ उत्कृष्ट भयो ।   चलचित्र ‘कृ’बाट अनमोलले उत्कृष्ट नायकको अवार्ड जिते।

यस्तै, उत्कृष्ट नायिकाको अवार्ड वेनिशा हमालले चलचित्र ‘ब्लाइन्ड रक्स’बाट उचालिन् । यो चलचित्रमा बेनिशाले दृष्टिबिहिन श्रृष्टी केसीको भूमिकामा काम गरेकी छिन् । यस्तै, उत्कृष्ट चलचित्रको अवार्ड ‘सत्रु गते’ले प्राप्त ग¥यो । चलचित्र ‘लिलिबिली’बाट मिलन चाम्सले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । पानीका कारण प्रभावित भएको अवार्ड समारोहमा कुनै मनोरञ्जनात्मक कार्यक्रम भने हुन सकेन ।

यस्तै, उत्कृष्ट कथाको अवार्ड चलचित्र ‘सत्रु गते’बाट प्रदिप भट्टराई र दीपकराज गिरीले प्राप्त गर्दा उत्कृष्ट पटकथाको अवार्ड ‘छक्का पन्जा २’बाट दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरबीले जिते । उत्कृष्ट नव–नायकको अवार्ड चलचित्र ‘ग्याङस्टार ब्लूज’बाट नायक आशिरमान देशराज जोशीले जिते भने उत्कृष्ट नव–नायिकाको अवार्ड चलचित्र ‘लिलिबिली’बाट जसिता गुरुङले उचालिन्  ।

उत्कृष्ट सह–अभिनेताको अवार्ड चलचित्र ‘ऐश्वर्य’बाट प्रशान्त ताम्राकारले उचाल्दै गर्दा यही चलचित्रबाट नायिका केकी अधिकारीले सह–अभिनेत्रीको अवार्ड उचालिन् । यो अवार्डमा विशेष प्रस्तुतीका लागि मुम्बइदेखि आएकी नायिका निरुता सिंहको प्रस्तुति भने चलचित्रकर्मी र दर्शकले हेर्न पाएनन् ।

विजेताको नाम

उत्कृष्ट फिल्मः शत्रु गते
उत्कृष्ट निर्देशकः मिलन चाम्स, लिलिबिली
उत्कृष्ट अभिनेताः अनमोल केसी, कृ
उत्कृष्ट अभिनेत्री: वेनिशा हमाल, ब्लाइण्ड सक्र
उत्कृष्ट कथाः शत्रु गते
उत्कृष्ट पटकथाः छक्का पञ्जा २
उत्कृष्ट छायाँकनः सुदिल बराल, लिलिबिली
उत्कृष्ट सम्पादनः मित्र डि गुरुङ, शत्रु गते
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा २
उत्कृष्ट नव अभिनेताः आशिरमान देशराज जोशी, ग्याङ्गस्टर ब्लूज
उत्कृष्ट नव अभिनेत्रीः जसिता गुरुङ, लिलिबिली
उत्कृष्ट सह अभिनेताः प्रशान्त ताम्राकार, ऐश्वर्य
उत्कृष्ट अभिनेत्रीः केकी अधिकारी, ऐश्वर्य
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज, २ रुपैया
उत्कृष्ट गायिकाः अञ्जु पन्त, ऐश्वर्य
उत्कृष्ट गायकः सुगम पोखरेल, तिमी रोएको पल(ऐश्वर्य)
उत्कृष्ट गीत लेखनः डा. कृष्णहरी बराल, म यस्तो गीत गाउँछु
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी, २ रुपैया
उत्कृष्ट सर्वोत्कृष्ट व्यवसायिक फिल्मः छक्का पञ्जा २
उत्कृष्ट द्वन्द्च निर्देशकः चन्द्र पन्त, कृ
उत्कृष्ट मिक्सिङः अमित श्रेष्ठ, शत्रु गते
उत्कृष्ट पार्श्व संगीतः एलिश कार्की, लिलिबिली

मह जुरी अवार्डः रमेश बुढाथोकी, भुइंमान्छे