लोकदोहोरीको क्षेत्रमा क्रियाशील गायक गायिकाको राष्ट्रिय भावको गीत सार्वजनिक

काठमाडौं । देशप्रेम र राष्ट्रभावको गीतहरुलाई समावेश गरिएको गीत ‘नेपाल प्यारो लाग्छ’ लाई प्रमुख अतिथि पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एवं विशिष्ट अतिथि गीतकार डा.कृष्णहरी बरालले संयुक्त रुपमा सार्वजनिक गरेका छन् । सुमन बैरागीको शब्दमा दिपसागर थापाको संगीत तथा रञ्जिता थापा र दिपसागर थापाले स्वर रहेको गीत नेपाल प्यारो लाग्छ’ लाई नेता श्रेष्ठ र गजलकार डा.बरालले अडियो भिडियो सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई गायिका रञ्जिता थापाले खादा लगाएर सम्मान गरेकी थिइन् भने अतिथिहरुलाई स्वागत गर्दै गायक एवं संगीतकार दिपसागर थापाले लोकदोहोरीको क्षेत्रमा क्रियाशील हुँदै गर्दा त्यसलाई अलिकति आधुनिकतातर्फ मोडेर राष्ट्रिय भावको गीत सार्वजनिक गरेको बताएका थिए । थापाले माया प्रेमका गीत धेरै नै गाइसकेको हुँदा अब देशप्रति समर्पित रहेका गीतहरुमा पनि हामी अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका थिए ।