गायक आनन्द वज्रचार्यको स्वरमा ‘मनलाई ढाँटी’ सार्वजनिक

२०५४ सालमा देउराली ब्याण्डमा आबद्ध भई औपचारिक रुपमा सांगीतिक क्षेत्रमा लागेका आनन्द बज्राचार्यको “मनलाई ढाँटी” सार्वजनिक भएको छ । तीर्थ श्रेष्ठको रचना र सुनिल थापाको संगीतमा स्वर आनन्दले भरेका हुन् । “कन्टिन्युटी— ४” एल्बमका लागि सर्वाजनिक गरिएको म्युजिक भिडियोलाई निर्देशक नेत्र गुरुङले निर्देशन गरेका हुन् ।

सम्पादन र छायांकन समेत गुरुङकै हो । दीपक गुरुङ चेग र आमिन बज्राचार्यको अभिनय रहेको म्युजिक भिडियो हेर्दा आरामले प्रकृतिमा रमाउदै समय बितेको पत्तै हुँदैन । साथमा मिठो कथा उनिएको भिडियो पनि हेर्न पाईन्छ ।भिडियो समेत उत्कृष्ट बनेको छ ।