रक्तदान तथा मधुमेह सचेतना कार्यक्रम सम्पन्न

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं आलौकिक र लायन्स क्लब अफ काठमाडौं अल्पाइनले संयुक्त रुपमा आयोजित आकस्मिक रक्तदान तथा मधुमेह सचेतना  सम्पन्न  भएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका  कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर मङ्सिर १० गते बुधबार नोभेम्बर २५ अर्थात् महिला हिँसा अन्त्य दिवसको अवसर पारेर नारायण गोपाल चोक भाटभटेनी सुपरमार्केटमा  बिहान ११ बजे देखि सम्म सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरि  सुरक्षित तवरले  आयोजना  गरिएको  सो रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन र १४८ जानाको मधुमेह चेक गरिएको  आयोजकले जनाएको छ ।

मधुमेहको क्षेत्रमा काम गरिरहेको लायन्स क्लबले विश्व मधुमेह दिवसको सन्धर्भ पारेर सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रम गर्दै आइरहेको त्यसैलाई मध्यनजर गर्दै सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लब अफ काठमाडौं अलौकिक र अल्पाइनले  काठमाडौं मेट्रो अस्पताल संगको सहकार्यमा  सोहि दिन सोहि स्थानमा मधुमेह रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम  संगै मधुमेह समेत परिक्षण गरेको च्यापटर प्रेसिडेंट लायन रेनुका श्रेष्ठले जानकारी गराइन।