सुनिताले ल्याइन कोरोना महामारीको सन्देशमुलुक गीत

कोरोना महामारीको इपिसेन्टर अमेरिकामा बसेर कोरोना कहरलाई नजिकबाट नियालेकी सुनिता बस्नेतले कोरोना जागरण गीत श्रोता समक्ष ल्याएकी छिन् । सुनिता रातदिन फ्रन्टलाइनमा खटिएर बिरामीको सेवामा समेत खटिने नर्स पनि हुन । उनले लेखेको यो गीत  युटयुब च्यानलबाट भिडियो सहित  रिलिज भएको हो ।

गीतलाई  गायक आनन्द कार्की तथा मिना कार्कीले स्वर दिएका छन् । यो गीतको भिडियोमा  अभिनेता र अभिनेत्री कृष्ण मल्ल र शर्मिला मल्लले पनि अभिनय गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

हाँस्य कलाकार नारायण त्रिपाठी देखि डा भोला रिजाल, नरेश भट्टराई तथा सुगरिका केसी लगायतका दर्जनौ व्यक्तित्वहरुलाई यो भिडियोमा देख्न सकिन्छ । राजकुमार बगरको संगीत, कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोको निर्देशन सम्पादन तथा छायाङकन वीरेन्द्र भाट विपिनले गरेका हुन ।