दृष्टिविहिन वालवालिका शिक्षा केन्द्रलाई बिभिन्न खाद्य सामाग्री सहयोग

लायन्स क्लब अफ काठमाडौ अलौकिक र लायन्स क्लब अफ अल्पाईनले संयुक्त रूपमा दृष्टिविहिन वालवालिका शिक्षा केन्द्रमा बिभिन्न खाद्य सामाग्री उपलब्ध गराएको समाचार प्राप्त भएको छ । तारकेश्वरमा अवस्थित यो केन्द्रमा दृष्टिविहिन बालवालिकाले आश्रय लिदै आएका छन् ।’केन्द्रको वास्तविक अवस्था अत्यन्त कमजोर रहेकाले र मानबिय मन भएको यो संहयोग’ गरिंएको कुरा सहयोगी हात रेणु श्रेष्ठले बताएकी छिन् । उनी भन्छिन् – ‘यसरी नै आउदा दिनमा यस्तो सहयोग जारि राख्ने योजना छ हाम्रो संस्था र व्यक्तिगत रूपमा मेरो पनि ।’सहयोग स्वरुप केन्द्रलाई यसपटक वालबालिका कुपोषित नहुन भनेर बार्ली फुडहरू प्रदान गरिंएको थियो भने साथमा अन्य उपयोगी खाद्यबस्तुहरू पनि थिए । लायन्स क्लब अफ काठमाडौ अलौकिक  यस्ता सहयोग हरदम जारिराख्ने कुरा अध्यक्ष रेणु श्रेष्ठले कार्यक्रममा बताएकी थिईन ।