मनोज र जुरेलीको गीत सार्वजनिक

रेस्लर अस्मिता सुनार जुरेलीले युगल गीत सार्वजनिक गरेकी छिन् । गायक मनोज लाकान्द्रीको साथमा युगल बनाईएको यो गीत मिठो छ । आधुनिक शैलीमा बनेको यो गीतमा दुवै स्वरकर्मी गज्जबले खुलेका छन् । भिडियो पनि मनछुने बनेको छ । भिडियोमा गायक आफै देखापरेका छन् भने उनलाई अभिनयमा जीना निरौलाले साथ दिएकी छिन् ।

पेन्टर कृष्णको निर्देशनमा बनेको यो भिडियो गीत अनुसार नै सलल बगेको छ । निर्देशकिय क्षमता देखिन्छ । लोकेसन गीतको लागि सुहाएको छ । किरण भण्डारीको शब्द संगीत एरेन्जमेन्ट सबै राम्रो छ । मनोज र जुरेलीको गला सुहाउदो गीत बनेको छ । ‘वारी पारी’ बोलको रोमान्टिक गीत सुन्दा मन आनन्दित हुन्छ ।