दादा साहेब फाल्के अवार्ड मनिषालाई

भारत सरकारले सिनेमा क्षेत्रमा विशेष योगदान पुर्‍याएवापत विभिन्न व्यक्तिहरुलाई हरेक वर्ष प्रदानगर्दै आएको  दादा साहेब फाल्के अवार्ड २०१८ बाट नेपाली अभिनेत्री मनिषा कोइराला सम्मानित भएकी छिन् ।मनिषालाई ‘मोस्ट भर्सेटाइल एक्ट्रेस इन इन्डियन सिनेमा’ विधामा सो अवार्ड दिइएको हो । मुम्बईमा आइतबार राति आयोजित कार्यक्रममा अवार्ड वितरण गरिएको थियो । अवार्ड लिएपछि अभिनेत्री मनिषाले आफू गौरवान्वित भएको बताएकी छिन् ।दादा साहेब फाल्केको जन्म शताब्दी वर्ष १९६९ देखि भारत सरकारको सञ्चार मन्त्रालयले यो अवार्ड सुरु गरेको हो ।९० को दशकमा बलिउड फिल्म उद्योगमा छाएकी अभिनेत्री मनिषाले दर्जनौं चलचित्रमा अभिनय गरेकी थिइन् । उनी अहिले पनि बलिउडमा सक्रिय छिन् ।