ब्रिटानियाकी सद्भावना दुत बनिन् प्रियंका

नायिका प्रियंका कार्कीले  अन्तर्राष्ट्रिय कम्पनी ब्रिटानिया कम्पनीले उत्पादन गर्दै आएको गुड डे बिस्कुटको टीभीसी एडमा प्रियंका देखिने भएकी   छिन् । कम्पनीले उनलाई २० लाख भारु पारिश्रमिकदिएर २ बर्षका लागि नेपालको सद्भावना दुत बनाएको छ ।बहुराष्ट्रिय कम्पनीको विज्ञापनमा काम गर्ने आफ्नो चाहना कोकाकोलाबाट पुरा भएको र ब्रिटानिया कम्पनीसँग पनि आफूलाई काम गर्न मन लागेको प्रियंकाले बताएकी छिन् ।नेपाली सेलिब्रिटीहरु ब्रान्ड दुनियाँमा खासै जम्न सकेको पाइदैन । बलिउडका कलाकारको आम्दानीको ठूलो श्रोत विज्ञापन भएपनि नेपाली कलाकारका लागि अझै यो दुनियाँ सपनामै छ । यदाकदा मात्र नेपाली कलाकारले यस्तो मौका पाएका छन्