आर्या” चलचित्रमा मानुङ डॉडाको प्राकृतिक सौन्दर्य !

यतिबेला दमौलीको मानुङ डॉडा आन्तरिक पर्यटनका दृष्टिले रातारात सुप्रसिद्ध भएको छ । त्यही मानुङ डॉडाको मनोरम स्थानमा छायांकन भएको नेपाली कथानक चलचित्र “आर्या”को गीत अब युटुब च्यानल मार्फत हेर्न सकिन्छ । तिमिल्सिना फिल्म प्रोडक्सनबाट निर्माण सम्पन्न भएको नेपाली कथानक चलचित्र”आर्या” मुलुकमा लकडाउनका कारण प्रदर्शनका लागि थाती रहेको थियोे । प्रसिद्ध गायिका मेलिना राईको सुमधुर स्वर रहेको राष्ट्रभावले ओतप्रोत यो गीतमा प्रसिद्ध नृत्य निर्देशक कविराज गहतराजको नृत्य निर्देशन ,सङ्गीतकार राम सिटाैलाको सङ्गीत, गीतकार लक्ष्मण सिटाैलाको शब्द रहेको छ भने यस चलचित्रलाई उपेन्द्र तिमिल्सिनाले निर्देशन गर्नुभएको छ ।

नेपाली चलचित्रको इतिहासमा राष्ट्रिय झण्डाको व्यापक प्रयोग गरि दृष्य छायांकन गरिएको सम्भवत यो नै पहिलो पटक हो। झण्डालाई नेपाल र नेपालीको आत्मसम्मान र राष्ट्र गौरवको प्रतीक मान्नुपर्छ भन्ने एउटा महत्वपूर्ण सन्देश दिने यो गीतले नेपालको आफ्नै गौरव गाथा बोलेको छ । गीतमा तनहुँको मानुङ डॉडाको मनोरम दृष्य बडाे रोचक ढंगले दृष्यांकन गरिएको हेर्न पाइन्छ । मानुङको सम्पुर्ण प्राकृतिक सौन्दर्य कैद गरिएको यो गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरुको बेजोड कलाकारिता देख्न सकिन्छ। यो गीतले अहिलेको विश्व परिवेशमा राष्ट्रभक्ति ,स्वतन्त्रता ,नेपाल र नेपालको अभिभाज्यता मन मुटु र झण्डाको महिमा अभिव्यक्त गरिएको छ । मानुङको प्राकृतिक सौन्दर्य र नेपालीको राष्ट्रप्रेम यहिगीतमामा घोलिएले सम्पुर्ण दर्शक श्रोताको मन जित्ने छ ।