दर्पण एल्बम सार्वजनिक

कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ”अमर” को सताइसौं कृति एल्बम ”दर्पण” एक समारोहका बीच सामाजिक दुरी कायम गर्दै सार्वजनिक गरिएको छ । एल्बमभित्र रहेको गीतहरूको संगीत र एरेन्जरमा राम कार्की, पुष्कर सुनुवारको रहेकोे छ । संसारभर महामारी रोग कोरोनाले मान्छेहरूको जनजीवन कष्टकर बने पनि मान्छेहरूलाई बाँच्नु छ ।

समयलाई रोकेर सकिन्न, आफ्नो काम सबैले गर्नु नै छ तसर्थ यस्तो उस्तो भन्ने हुँदैन । जिन्दगी जसरी हुन्छ चलाउनु पर्ने हुन्छ । नेपाली गीत संगीत क्षेत्रमा यस्तो समयमा नेपाली संगीत क्षेत्रलाई जोगाइ राख्नको निमित्त  नेपाली सांगीतिक क्षेत्रमा एउटा नयाँ कोसेली भर्खरै थपिएको छ । मेलिना राई सुरेन्द्र महर्जन, राम कार्की, सुरेश थापा, शान्ता कार्की, अनिता दंगाल, बिज्ञान लामा लगायतका स्वर रहेको छ ।