आइडलबाट रकस्टारमा उदाएका उल्सनको ”हुरि आयो” मा आँचलको अभिनय

बहुचर्चित गायन रियालिटी शो नेपाल आईडलको पहिलो संस्करणबाट रकस्टारमा उदाएका उल्सन श्रेष्ठको पहिलो साङ्गितिक कोशेली  “हुरि आयो” सार्वजनिक भएको छ ।रकस्टार उल्सनले नेपालआईडलपछि लामो समयको अन्तरालमा आफ्नो पहिलो साङ्गितीक कोशेली “हुरि आयो” आपनो फ्यान , श्रोता ,दर्शकमाझ ल्याएका हुन्  । रकस्टार श्रेष्ठले आफ्नै शब्द, संगीत र स्वरमा आइतबार साँझ “हुरि आयो”सार्वजनिक गरेका हुन्  गीतमा  हर्कुलस श्रेष्ठको संगीत संयोजन रहेको छ । खोटाङका रकस्टार उल्सन नेपाल आईडलको टप ७ बाट बाहिरिएपछि लामै समयको सांगीतिक अभ्यासपछि उनले  “हुरि आयो” लाई ल्याएका हुन्
गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित नायिका आँचल शर्मा, ईन्जमाम अलि खान र उल्सन आफैंले पनि अभिनय गरेका छन् ।
योर स्टाइल इन्टरटेन्टमेन्टले बजारमा ल्याएको भिडियोमा आँचल शर्माको सबैलाई रुवाउने अभिनय रहेको छ।
अहिलेका चर्चित निर्देशक नितिन चन्दले निर्देशन गरेको भिडियोमा सुरेश नेपालीले छायांकन र डिन्सन शाहको सम्पादन रहेको छ
यस अघि नेपाल आईडलका सन्ध्या जोशी, राहुल बिस्वास, केन्जल मेहर श्रेष्ठ, प्रमिला राई, निशान भट्टराई, बुद्ध लामा, सागर आले, सुजाता पाण्डे, सुरज थापा र प्रताप दासले नेपाल आईडल पश्चात साङ्गितिक कोशेली बजारमा ल्याईसकेका छन् ।
https://www.youtube.com/watch?v=90fePuG-BLY