कुसुमकाे ह्याट्रिकमा विराटनगरकाे शानदार जित

कुसुम खतिवडाले ह्याट्रिक गरेपछि विराटनगर महानगरपालिकाले महिला राष्ट्रिय लिगमा पहिलाे जित हात पारेकाे छ । लिग अन्तर्गत बुधबार एन्फा कम्प्लेक्समा भएकाे खेलमा विराटनगरले राैतहटकाे चन्द्रपुर नगरपालिकालाई ५-० ले पराजित गरेकाे हाे । अनु राई र सरिता शेर्पाले एक एक गाेल थपे । कुसुमले १२औं, ६९औं र ७०औं मिनेटमा गाेल गरिन् । अनु राईले ३२औं र सरिताले ६३औं मिनेटमा गाेल गरिन् ।

लिगमा पहिलाे जितपछि विराटनगर तीन खेलबाट ४ अंक जाेड्दै चाैथाे स्थानमा उक्लेकाे छ । चन्द्रपुर ३ अंकसहित पाँचाै स्थानमा छ । पहिलाे जितपछि विराटनगरका प्रशिक्षक पारस चाैधरीले जितबाट खुसी रहेकाे र अट्याकिङ रणनीतिमा सफल भएकाे बताए । उनले विभागीय टिमसँग खेल्दा खेलाडी नर्भस हुने गरेकाे र आज राम्राे खेलेकाे बताए । चन्द्रपुरका सहायक प्रशिक्षक चित्र दर्लामी मगरले फराकिलाे हारकाे अपेक्षा नगरेकाे बताए । उनले डिफेन्समा समस्या रहेकाे र त्यसकाे असर खेलमा देखिएकाे बताए ।