एपीएफको लगातार पाँचौं जित,चौदण्डीगढीविरुद्ध विराटनगरको फराकिलो जित

साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौ जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा स्याङ्गजाको वालिङ नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो ।एपीएफको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् । यस्तै प्रिती राईले एक गोल थपिन् । बलियो टिम वालिङविरुद्ध खेलको १३ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो । खेलको ७१ औं मिनेटमा प्रितीले गोल गर्दा एपीएफ २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ७५ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को जित दिलाए । जितसंगै एपीएफले ५ खेलमा १५ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । वालिङ ५ खेलमा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आईतबार एक मात्रै खेल हुनेछ । आइतबार चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लब भिड्नेछन् ।

मोरङको विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा जित निकालेको छ। शनिबार भएको खेलमा विराटनगरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६–० गोलले पराजित गरेको हो। मोरङको विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा जित निकालेको छ। शनिबार भएको खेलमा विराटनगरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६–० गोलले पराजित गरेको हो।पहिलो हाफमै चार गोल गरेको विराटनगरले दोस्रो हाफमा थप दुई गोल गर्दै चौदण्डीगढीविरुद्ध फराकिलो जित निकालेको हो। खेलको २१ र ३६औं मिनेटमा अनुले गोल गर्दै विराटनगरलाई २–० को अग्रता दिलाइन्।