चन्द्रपुरलाई पराजित गर्दै पुलिस दोस्रो स्थानमा

राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै नेपाल पुलिस क्लब लिगको दोस्रो स्थानमा पुगेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३–१ गोलले हराएको हो । पुलिसका  लागि निर्मला विक, निरु थापा र अनुष्का शेर्पाले एक एक गोल गरेकी थिइन् ।

चन्द्रपुरका लागि सविता राना मगरले सान्त्वना गोल गरिन् । खेलको २७औँ मिनेटमा विकले गोल गर्नुभएको हो । खेलको ३९औँ मिनेटमा चन्द्रपुरकी रानाले गोल गर्दै खेललाई बराबरीको अवस्थामा पु¥याइन् । मध्यान्तरपछिको खेलको ५०औँ मिनेटमा पुलिसका लागि थापाले गोल गरिन् । खेलको इन्जुरी समयमा शेर्पाले गोल गर्दै पुलिसलाई ३–१ गोल अन्तरले विजयी दिलाइन् ।

जितसँगै पुलिस क्लब पाँच खेलमा आठ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । चन्द्रपुर पाँच खेलमा तीन अङ्कका साथ लिगको छैटौँ स्थानमा छ । प्रतियोगिताअन्तर्गत सोमबार विराटनगर र आर्मीबीच तथा एपीएफ र चौदण्डीगढीबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।