श्रद्धा र बादलको स्वरमा “तिमी हिड्ने बाँटो “

सुमधुर स्वरकी प्रतिभा सम्पन्न गायिका श्रद्धा दियालीको स्वरमा एउटा युगल गीत सार्वजनिक भएको छ । ‘तिमी हिड्ने बाँटो’ बोलको गीतमा गायिका श्रद्धालाई स्वरमा बादल श्रेष्ठले साथ दिएका छन् । बादल र श्रद्धाको स्वर सुहाएको पनि छ यो गीतमा ।

गीतमा दिनेश सुवेदीको शब्द र संन्तोष प्रगाढको संगीत छ । बिजी इन्टरटेनमेन्टले निर्माण गरेको यो भिडियोमा गिरीप्रसाद भुषालको निर्देशन , बिजु पौडेलको कोरियोग्राफ़ी र सिनेमेटोग्राफ़ी, सरोज शाहीको संपादन रहेको छ भने बादल श्रेष्ठ र सुस्मिता श्रेष्ठको अभिनय रहेको छ ।

गीत सबै कोणबाट राम्रो बनेको छ । सम्बन्धित सबैको काम तारिफ योग्य छ ।