मेचु र रुक्सानाको ‘उड्नु छ’ सार्वजनिक

गायिका मेचु धिमाल र द भ्वाईस अफ किड्स नेपालकी फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘उड्नु छ’ सार्वजनिक भएको छ । एकल नारीले सन्तानलाई हुर्काउनु पर्दाको पिडा, एकल नारीको कथा व्याथालाई गीतले निकै राम्रोसंग समेटेको छ ।

गायिका मेचु धिमालकै शव्द तथा संगीतमा सजिएको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ बिसम आचार्यले गरेका छन् । निर्देशक हाङ चेम्जोङको निर्देशनमा मेचु धिमाल र रुक्साना लिम्बूकै अभिनय रहेको गीतमा मेचु धिमालकै कथा, परिकल्पना तथा कोरियोग्राफी रहेको छ ।

भिडियोमा इसाक जबेगुको छायाँकन, सम्पादन तथा कलरिङ, धिरेन र दिपकको लाईट तथा सञ्जु थलङको मेकअप रहेको छ । भिडियो गायिका मेचु धिमालकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।