संन्तोष र हरिहर फेरि संगीतमा नयॉ गीत लिएर

गहन शब्द र संगीत अनि मिठो स्वर लिएर गायक संन्तोष रुचाल फेरि नेपाली गायनमा फर्केका छन् । हरिहर खनियाको शब्द संगीत मा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यो गीतमा निकै गहियो सन्देश प्रवाह गरिएको छ ।

द्वन्द्वको कथा उनिएको यो गीतमा कलाकारहरु भुपेन्द्र ढकाल , सरिता दानकुटी, सन्तोष कुमार आत्रय, सुदन थापा आदिको अभिनय छ भने छायॉकंन संपादन अनि निर्देशन भगवान पौडेलको छ ।निकै लामो समयको अन्तराल मा फेरि संगीतमा झुल्केका संन्तोष र हरिहर का राम्रा गीतहरु थुप्रैछन् ।

यो गीत पनि निकै स्तरिय रहेको छ।यो जोडीले पहिलो दोष एल्बम पनि श्रोता समक्ष सार्वजनिक गरेर निकै तारिफ कमाएका थिए ।म हराएको छैन भन्दै यो संगीत जोडी फेरि गायन तथा संगीतमा देखापरेका छन् । गीत ससक्त छ ।