मायाको सागर एल्बम सगरमाथाको काखबाट सार्वजनिक

साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को  ”मायाको सागर” एल्बम विमोचन सगरमाथाको काखमा गरिएको छ । एल्बममा चर्चित भारतीय गायक कुमार सानु र देविका वन्दनाको सुमधुर आवाजमा ”तिम्रो मायाको सागरमा” बोलको गीत रहेको छ । ”आँखामा गाजल लाएर” ,”सोचें बाँच्ने आधार” र ”जब आफनाले तुच्छ वचन बोलेपछि’ जस्ता गीतहरु समावेस छ ।

सन्तोष श्रेष्ठ, पुष्कर सुनुवार,चिरञ्जीवी भण्डारीको संगीत यि गीतहरुमा छ । राजु कार्की,शुलभ घिमिरे,आशिष लामाको संगीत संयोजन रहेको छ ।सन्तोष श्रेष्ठ , अस्मिता अधिकारी, चिरञ्जीवी भण्डारी,प्रविन भेटवालको स्वर रहेको छ । विमोचित गीति संग्रह आधुनिक शैलीका गीतहरु समावेश छन् ।ओएस नेपालको प्रस्तुतिमा यो गीति संग्रह तयार पारिएको हो ।