आमाप्रति समर्पित गीत सार्वजनिक

आमाप्रति समर्पित गीत ‘निष्ठूरी भइ आमालाई मेरो लगिस् उठाइ…’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर तथा गीतकार विजय शिवाकोटीको शब्दमा छ । राजु सिंहको संगीतमा तयार भएको यो गीतको संगीत संयोजन अमुल कार्कीढलीले गरेका हुन् । शिवाकोटीले यो गीत आफ्नी दिवंगत आमा उर्मिला शिवाकोटीको वियोगमा रचना गरेका हुन् ।

आमाको वार्षिक पुण्डतिथिको अवसर पारेर यो गीत सार्वजनिक गरिएको हो । गीतकार शिवाकोटीको आफ्नै च्यानलबाट यो गीत सार्वजनिक गरिएको छ । आफ्नै आमाको फुटेजहरू संयोजन गरेर बनाईएको भिडियो निकै मर्मस्पर्शी छ ।पारिवारिक फोटोले पनि भिडियोलाई वजनदार बनाएको छ ।आमाप्रतिको प्रेम र समर्पण यो गीतमा स्पस्ट देखिएको छ ।