अन्जु पन्तकाे ‘धर्तीमाअाएँ एक्लै’ बोलको गीत तथा भिडियो सार्वजनिक

                                        

पछिल्लाे समय सर्वाधिक रूचाइएकी  गायिका अन्जु पन्तकाे स्वर रहेको ‘धर्तीमा अाएँ एक्लै’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ।

भिडियोमा रंगमञ्च र नृत्य दुवै विधामा सशक्त माेडल बिनु शाक्य, सनम कठायत लगायतको अभिनय रहेको छ ।

बसन्त लम्सालकाे शब्द तथा संगीत रहेको उक्त गीतकाे भिडियोमा विकास घले गुरूङको निर्देशन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाईँकाे छायाकन रहेको छ ।