११० मिटर पुरुष हर्डल्समा आर्मीका जिवनलाई स्वर्ण

त्रिभुवन आर्मी क्लबका जीवन चौधरीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ११० मिटर पुरुष हर्डल्समा स्वर्ण पदक जितेका छन् ।

सोमबार भएको खेलमा जीवनले निर्धारित दुरी १५: ०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् । पोखरा रंगशालामा पुलिसका चन्द्रदेव जोशीले १५: ८१ सेकेन्डसहित रजत जित्दा कास्य जितेका आर्मीका राम प्रसाद थारुले १६:०० सेकेन्डको समय निकाले । यसअघि आर्मीकि जयरानी थारुले १०० मिटर महिला हर्डल्समा स्वर्ण जितेकी थिइन् ।