म्याराथनमा गण्डकीका अनिशलाई स्वर्ण

एथलेटिक्सको म्याराथनमा गण्डकीमा अनिश थापा मगरले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा मंगलबार अनिशले निर्धारित दुरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते  । त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले निर्धारित दुरी २ घण्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते ।

एपीएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३० मिनेट ५४ सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते । भारतीय सेनामा कार्यरत अनिश राष्ट्रिय खेलकुदका लागि नेपाल आएका हुन् । उनले देशका लागि खेल्न पनि आफू इच्छुक भएको बताए ।