बिन्द्राले जितिन् महिला म्याराथनको स्वर्ण पदक

सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी धाविका बिन्द्रा धन्के श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको ट्र्याएन्ड फिल्डअन्तर्गत महिला म्याराथनको स्वर्ण पदक जितेकी छन् । मंगलबार बिहान पोखरामा भएको दौडमा उनले निर्धारित दूरी २ घण्टा ५७ मिनेट २३ सकेकेन्डमा पूरा गरेकी थिइन् ।

निर्धारित दूरी पूरा गर्न ३ घण्टा ३५ सेकेन्ड खर्चिएकी त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढाले रजत पदक जितेकी छन् । अर्को विभागीय टिम नेपाल पुलिस क्लबकी रेखा विष्टले ३ घण्टा ०१ मिनेट ३५ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितिन् ।