एपीएफकी सोनी र आर्मीका बसन्तलाई ट्रायथोलनमा स्वर्ण

आर्मीका बसन्त थारु र एपिएफकी सोनी गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्रायथोलनमा स्वर्ण पदक जितेकी छिन् । बुधबार भएको ट्रायथोलनको पुरुषतर्फ बसन्त र महिलातर्फ सोनीले स्वर्ण जितेका हुन् ।पोखरा फेवातालमा पुरुष स्प्रिन्ट विधामा वसन्तले २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड १ घण्टा ०९ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेका हुन् । आर्मीकै दिपेश चौधरीले १ घण्टा १० मिनेट ०५ सेकेन्डमा पूरा गर्दै रजत जिते ।

कास्य जितेका एपीएफका मौलिक महर्जनले १ घण्टा १४ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै कास्य जिते । महिलातर्फ सोनीले १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । पुलिसकी शेर्बी महर्जनले रजत जित्दा आर्मीकी केशरी थापा मगरले कास्य पदक हात पारेकी छिन् ।