‘नदी’ सार्वजनिक ढकालको स्वरको तारिफ

लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा ‘नदी’ बोलको गीत सार्वजनिक भएको छ । सिन्धु राणाको शब्द र हरि लम्सालको संगीत रहेको यो गीत सुनेर पुराना सर्जकहरु दंग परेका छन् । ढकालको स्वरको तारिफ भएको छ । “ क्या मेन्टन न स्वर खस्किएको छ न त व्यक्तित्व “ भन्दै गीत रिलिज कार्यक्रममा उपस्थित सबै सर्जकले आन्नदित महसुस गरेका छन् ।

हुन पनि देवेन्द्र नेवाको संगीत संयोजन रहेको यो गीतमा ढकालले नै प्रारम्भमा पक्रेको शैली नै पच्छाएको देखिन्छ ।  गीतकार आनन्द अधिकारी,  संगीतकार न्यूह बज्राचार्य, पूर्व प्रधान सेनापति प्रज्ज्वल शमशेर जंगबहादुर राणा, सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा, सचिव शोभना पौड्याल लगायतका अतिथिहरुको उपस्थितिमा गीत लोकार्पण गरिएको थियो।

सागर ज्ञवालीको निर्देशनमा तयार भिडियोमा गायक रामकृष्ण स्वयंम फिचर्ड छन् भने उनका साथमा नव–मोडल पुनम भुषालको अभिनय छ । नारायण जिसीको छायाँकन, अमृत चापागाईँको सम्पादन रहेको भिडियो गायक रामकृष्ण ढकालकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।