सत्यकलाले गरिन आफ्नै गीतमा बेजोड अभिनय

नेपाली कलाकारितामा लामो समयदेखि क्रियाशिल रहदै आएकी सत्यकला बमजनले आफ्नो शब्दमा एउटा मर्मस्पर्शी गीत रेकर्ड गराएर म्युजिक भिडियोको साथमा सार्वजनिक गरेकी छिन् । अस्मिता अधिकारीको स्वरमा रहेको यो गीत निकै मार्मिक र गहन छ ।

यति पिडा मर्दा पनि हुदैन होला
जति पिडा तिम्ले छोडेर भयो
तिम्रो यादले रोगी बनायो
अब जिउने आशै हरायो

अति मार्मिक शब्द संयोजनमा आधारित यो गीतमा सत्यकलाले आफ्नो बेजोड शब्दको साथमा अभिनय पनि राम्रो गरेकी छिन् । पिडात्मक शब्दमा कथानक पनि त्यल्तै बुनिएको छ । वर्तमान नेपाली समाजको कहानी यो म्युजिक भिडियोले बोकेको छ ।

बादल थापाको मिठो संगीत तथा सुबिन सेन्चुरीको संगीत संयोजन पनि निकै गहन छ । अभिनयमा सत्यकलालाई ज्ञानु नेपाली , कृष्टिना केसी ,आराध्य आरएल डिसी र बिनोद चौलागाईले साथ दिएका छन् ।

कथाको हिरो चाहि सत्यकला आफै छिन् । उनकै वरिपरी कथानक धुमेको छ । बिक्रम चौहानको कथा निर्देशन , मिलन विश्वकर्माको संपादन र प्रकाश खड्काको छायांकन रहेको छ यो म्युजिक भिडियोमा ।