सपना ! विपना

    कविता

                                                                                                               प्रनिशा सिग्देल

सपना छोडेर मैले विपना देख्न थालेको छु

सबैलाई छोडेर अहिले आफैलाई भेट्न थालेको छु

म आफ्नै लासको मलामी

म आफ्नै चिताको जल्लाद

पिडाले चिसिएको यो मनलाई आफ्नै चिताले सेक्न थालेको छु

सपना छोडेर विपना देख्न थालेको छु

मेरो भाग्य अब मेरो कर्मले लेख्ला

भावि ! तिमीले लेखेका सबै भाग्य भेट्न थालेको छु

सपना छोडेर मैले विपना देख्न थालेको छु

ए दुःखहरु ! सबैलाई बाईबाई अब नपरोस् दुःखका आसुहरु

दुःखहरुलाई मैले सुखहरुले छेक्न थालेको छु

सपना छोडेर मैले विपना देख्न थालेको छु

तानिदिए खुट्टाहरु तर म त्यहासम्म पुग्छु अवश्य

खुट्टा नभएर के भो त हातहरुले टेक्न थालेको छु

सपना छोडेर मैले विपना देख्न थालेको छु

सबैलाई छोडेर अहिले आफैलाई भेट्न थालेको छु