चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार तथा कलाकर्मीलाई सम्मान गर्ने

जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिबसका दिन चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार तथा कलाकर्मीलाई सम्मान गर्ने भएको छ । हरेक वर्षको जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिबस मनाउदै आएको संघले यस वर्ष चलचित्र क्षेत्रमा कलम चलाउदै आएका २ पत्रकार र मकवानपुरका २ कलाकारलाई सम्मान गर्न लागेको हो ।

शुक्रबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौतमले छैठौँ पटक वितरण गर्न लागिएको चलचित्र पत्रकारिता पुरस्कारबाट जनता टेलिभिजनका रामकुमार एलनलाई नगद ५ हजार सहित र दोश्रो पटक वितरण गर्न लागेको राष्ट्रिय चलचित्र पत्रकारीता सम्मान २०७५ बाट राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्रिलाई नगद ११ हजार १ सय ११ रुपैयासहित सम्मान गरिन लागिएकोे जानकारी दिनुभयो ।

त्यस्तै चलचित्र कलाकारीता सम्मानबाट नायिका निता ढुंगाना र कलाकार शुसान्त श्रेष्ठलाई सम्मान गरिने उहाले बताउनु भयो । जेष्ठ ७ गते हेटौडा रिसोर्टमा हुने कार्यक्रममा दाङ , पोखरा , बुटवल , चितवन र काठमाण्डौका चलचित्र पत्रकारहरुको पनि सहभागीता रहने गौतमले बताउनु भयो ।

कार्यक्रममा संघका उपाध्यक्ष प्रकाश दाहाल ,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई ,पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य प्रताप विष्ट,पुर्ब अध्यक्ष राममणि दाहाल,संघका सचिव श्रीराम दाहाल,कोषाध्यक्ष कपिल खड्का लगायत पत्रकारहरुको उपस्थिति थियो । चलचित्र पत्रकार संघले मकवानपुरमा बिभिन्न गत्तिबिधिहरु संचालन गर्दै आएको छ । अघिल्लो बर्ष बरिष्ठ पत्रकार शान्तिप्रिय र कलाकार भोलाराज सापकोटालाई पुरुस्का सम्मान प्रदान गरीएको थियो ।