सरिता प्रजापतिको “नेक्स्ट टाइम” सार्वजनिक

एक दशकदेखि गायनमा रमाउदै आएकी सरिता प्रजापतिले आफ्नो नयॉ गीत ‘नेक्ट टाईम’सार्वजनिक गरेकी छिन् ।  बिगतमा बिभिन्न एल्बम तथा  फुटकर गीत ल्याएर नेपाली श्रोतालाई  प्रफुल्ल पारेकी  सरिताले  यस पटक   पनि   खुशी पार्ने जमर्को गरेकी छिन् । रमाईलो खालका लोक पप गीत स्टेजमा आकर्षक शैलीमा गाउने सरिता थारु , भोजपुरी र नेवारी भाषामा समेत आउदै आएकी छिन्।

यस पटक गणेश श्रेष्ठको शब्द अनिष श्रेष्ठको संगीतमा आफ्नो मिठो गायकी पेश गरेकी छिन् । सनमुन मोसन्स पिक्चर ग्रुपबाट बनेको सरिताको यो गीतलाई निर्देशन र छायांकन भने संजय धमलाले गरेका छन्।भिडियोमा  मेकअप  चाहि एलिसा मगरको रहेको छ । गायनमा सरितालाई कोरसमा उज्जवल , अभिषेक,दिपा,सुसन,प्रितिका,र प्रशान्तले साथ दिएका छन्। बिगत एक वर्षदेखि नेपाली म्युजिक भिडियोको क्षेत्रमा क्रियाशील रहदै आएको यो ग्रुपले निकै राम्रो भिडियो बनाएको छ । जानबी बस्नेत र मोहन तिमलसिनाको अभिनय , मनिष चौधरीको कोरियोग्राफ़ी ,उषा पराजुलीको सम्पादनमा भिडियो बनेको छ। गायन क्षेत्रमा गायिका प्रजापतिको आफ्नै कलात्मक आवाज, शुर र प्रस्तुतीको शैली माैलिक अनि फरक ढाँचामा देख्न सकिन्छ ।

https://youtu.be/CDdT9xCngJshttps:/