रुसमा जारी फिफा विश्वकप २१ औं संस्मरणको प्रतियोगितामा समूह चरणका बसै खेल सकिएका छन्। सहभागी ३२ राष्ट्रमध्ये १६ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन्। १६ राष्ट्र रुस विश्वकपको यात्रालाई पूर्णविराम लगाउँदै घर फर्किएका छन् ।
रुस विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल मध्ये १० युरोपेली राष्ट्र रहेका छन् भने ४ दक्षिण अमेरिकी राष्ट्र रहेका छन्। एसिया र उत्तर अमेरिकाबाट एक-एक राष्ट्रले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। अफ्रिकन राष्ट्र मध्येबाट भने कुनै टोली पनि नकआउट चरणमा प्रवेश गर्न सकेनन्।
विश्वकपमा २० संस्मरण मध्ये हालसम्म युरोपेली टोलीले ११ र दक्षिण अमेरिकी टोलीले ९ पटक उपाधि जितेका छन् । अन्य महादेशका राष्टले हालसम्म फिफा विश्वकपको उपाधि हात पार्न सकेका छैनन्
को को पुगे अन्तिम १६ मा
- जापान- एसिया
- रसिया-युरोप
- स्पेन-युरोप
- पोर्चुगल-युरोप
- फ्रान्स-युरोप
- डेनमार्क-युरोप
- क्रोएसिया-युरोप
- स्विटजरल्याण्ड- युरोप
- स्विडेन- युरोप
- इंल्याण्ड- युरोप
- बेल्जियम- युरोप
- उरूग्वे- दक्षिण अमेरिका
- अर्जेन्टिना- दक्षिण अमेरिका
- ब्राजिल -दक्षिण अमेरिका
- कोलम्बिया- दक्षिण अमेरिका
- मेक्सिको- उत्तर अमेरिका
नकआउट चरणमा को-को भिड्ने भए ?
शनिबार
फ्रान्स VS अर्नेन्टिना
उरुग्वे VS पोर्चुगल
आइतबार
स्पेन VS रसिया
क्रोएसिया VS डेनर्माक
सोमबार
ब्राजिल VS मेक्सिको
बेल्जियम VS जापान
मंगलबार
स्वीडेन VS स्वीट्जरल्याण्ड
कोलम्बिया VS इग्ल्याण्ड