तीज गीत ‘माईती देश सम्झेर’सार्वजनिक

हरेक वर्ष तीज गीत निकालेर तीजभाकामा राम्रो चर्चा कमाउदै आएका हरि विष्टले यो वर्षको आफ्नो पहिलो तीज गीत ‘माईती देश सम्झेर’सार्वजनिक गरेका छन् । प्राय सधै आफ्नै शब्द र संगीतमा गीत निकाल्दै आएका हरिले यसपटक मोडल तथा अभिनेत्री दिपासा विसीको शब्दमा संगीत भरेर गीत तयार पारेका छन् । नेपाली गाउले परिवेशको जीवनलाई गीतमा दिपासाले राम्रो तुकबन्दी मिलाएर तयार पारेकी छिन् भने हरिले छम छम नाच्न मिल्ने लय बनाएका छन् । दुख पिडामा पनि हाम्रा चेलीहरु छमछमी नाचेर मन बहलाउछन् भन्ने कुरा यो गीतले राम्ररी देखाएको छ ।   

स्मृति तिम्ल्सिनाले निर्देशित यो गीतको भिडियोमा दिपासाले राम्रो नृत्य पनि देखाएकी छिन् । कलाकारहरुले राम्रो काम गरिदिएकाले भिडियो पनि गज्जब बनेको छ । टिका जैसीको नृत्य पनि तारिंफ योग्य छ।करण चौसिरको छायॉकंन , प्रविणभट्टको सम्पादन रहेको यो भिडियो सम्पुर्ण रुपमा महिला प्रति समर्पित देखिन्छ ।
टिका पुनको स्वर र झलक संगीतमको संगीत संयोजन रहेको यो गीत आलाप स्टुडियोमा रेकर्ड भएको थियो ।

गंगामाला फिल्मस् प्रा. ली.को युट्युभ च्यानलबाट सार्वजनिक भएको छ । गीत सार्वजनिक समारोहमा लोक गायन क्षेत्रका चर्चित अनुहारहरु बद्री पंज्ञेनी, रमेश बिजी, चन्द्र पन्त, राधिका हमालको उपस्थिती रहेको थियो । सबै अतिथिहरुले गीतको राम्रो प्रशंसा गरेका थिए ।समग्रमा गीत पनि तारिफ योग्य नै बनेको छ।