तिहार सकिए लगत्तै अब जाडोयाम सुरु भएको छ । जाडोयाममा घाम ताप्न निकै मज्जा आउँछ । तर, जाडोयाममा वातावरण चिसो हुने भएकाले छाला सुख्खा हुने तथा फुस्रो हुने गर्छ । समयमै उपचार नगरेको खण्डमा छाला सुख्खा भई फुट्ने तथा चिरा पर्ने गर्छ । यसबाट बच्नका लागि पनि छालालाई नरम बनाउन जरुरी छ । अहिले बजारमा छाला नरम बनाउने विभिन्न सौन्दर्यका सामग्री उपलब्ध छन् । त्यमध्यको एक मोइस्चराइजिङ क्रिम पनि हो ।
मानिसहरुले प्रायः मोइस्चराइजिङ क्रिमको प्रयोग जाडो महिना सुरु भएपछि मात्र गर्दछन् । तर, छालालाई नरम बनाउन पनि मोइस्चराईजर क्रिमको प्रयोग बार्है महिना गर्न जरुरी छ । यस्तै मोइस्चराइजिङ क्रिम प्रयोग गर्नु पूर्व यस्ता कुरामा ध्यान दिन जरुरी छ, जसले छालालाई भित्रैबाट नरम बनाएर छालालाई सुख्खा हुन दिदैन । किनभने कुनै पनि मोइस्चराइजिङ क्रिमले छालालाई स्वत मोइस्चराइज गर्दैन । यसको अर्थ मोइस्चराइजिङ क्रिमले कामै गर्दैन भन्ने पनि हैन ।
मोइस्चराइजिङ क्रिमको मुख्य काम भनेकै छालामा भएको नरमपनालाई ‘लक’ गरेर छालाको नरमपनालाई यथावत राख्नु हो ।छालाको नरमपना यथावत रहेमा छाला फुट्ने, छाला निस्कने तथा पोल्ने समस्या कम हुने भएकोले पनि मोइस्चराइजिङ क्रिमको सही तरीकाले प्रयोग गर्न जरुरी छ ।
मोइस्चराइजिङ्ग क्रिम प्रयोग गर्नु पूर्व ध्यान दिनु पर्ने कुरा
– प्रत्येक मानिसको छाला भिन्नाभिन्नै किसिमको हुन्छ । कसैको छाला चिल्लो हुन्छ भने कसैको सामान्य त कसैको सुख्खा खालको हुन्छ । त्यसैले मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नु पहिले आफ्नो छालाको प्रकार अनुसार राम्रो खालको मोइस्चराइजर क्रिमको छनौट गर्नुपर्छ ।
-कुनै पनि मोइस्चराइजरको प्रयोग गर्दा छालालाई विशेष ध्यान दिनु पर्छ । उदाहरणको लागि यदी छाला चिल्लो छ भने आयल पि|m वा सामान्य मोइस्चराइजरको प्रयोग गर्नु पर्दछ । त्यस्तै, सामान्य प्रकारको छालामा सामान्य तथा सुख्खा छालामा आइल बेस्ड मोइस्चराइजरको प्रयोग गर्नु पर्दछ ।
-मोइस्चराइजर लगाउने सही समय भनेको नुहाएर पछि हो । त्यस्तै, हात मुख धोएपछि पनि मोइस्चराइजर लगाउन सकिन्छ । हात मुखको सरसफाई पश्चात्त मोइस्चराइजिङ क्रिम प्रयोग गर्नाले उक्त क्रिम छालाको भित्री भागसम्म पुगेर छालालाई नरम बनाउँछ ।
-फोहर छालामा मोइस्चराइजिङ कि्रम सिधै प्रयोग गर्नु हुँदैन । अन्यथा, फोहर तथा मैलो हातमा मोइस्चराईजर लगाउनाले पिम्पल्स आउन हुन सक्दछ ।
– मोइस्चराइजिङ कि्रममा एसपीएफ प्रपर्टी भएमा यो छालाको लागि निकै राम्रो मानिन्छ । यसले छालालाई सुर्यको हानीकाकरक विकिरणबाट सुरक्षा प्रदान गर्दछ ।
– मोइस्चराइजिङ कि्रमलाई औलाको सहायताले थोपा थोपा गरी लगाउनु पर्छ । त्यसपछि यसलाई गोलो आकारमा मसाज गरेर पूरै अनुहार तथा छालामा दल्नु पर्छ । यसले छालामा पोषण मिल्छ, जसले गर्दा छाला चम्किलाे हुन्छ ।
– मोइस्चराइजिङ क्रिमलाई अनुहार बाहेक घाँटी , हात तथा खुट्टा समेत लगाउन सकिन्छ ।