१३ औ अन्तराष्ट्रिय महिला राईड डेको अबसर तथा मातातिर्थे औसीको अवसर पारेर आज काठमाडौमा महिला मोटर साईकल रैली गरेका छन् । सयौ महिला सहभागी यो रैली थिए । कार्यक्रम अधि सहभागी सबैलाई सेफ राईडिंगको प्रशिक्षण दिइएको थियो । रैली फर रोड सेफ्टी भन्ने नाराका साथ शुरु हुने सो ¥याली नेपालमा बिगत दशवर्ष देखि मोटर र मोटरसाइक्लिङ्ग स्पोर्ट्, अटोमोबाइल मोबिलिटी एण्ड टु व्हील टुरिजमतथा रोड सेफ्टीमा संलग्न संस्थाहरुले सहभागिता जनाएका थिए ।

तिनकुने स्थित महिला रेस्लिग फ़ाउन्डेशनबाट सुरु भएको रैली कोटेश्वर, बालकुमारी,सातदोवाटो ,जावलाखेल,कुपोन्डोल,सुन्धारा हुदै लैनचौर पुगेर समाप्त भएको थियो ।भ्याली फ़र रोड सेफ्टी भन्ने नारा बोकेर सुरु भएको यो रैलीमा महिला रेस्लरको साथमा अन्य दर्जनौ महिला सहभागी थिए ।
कार्यक्रम आयोजना अटो मोवाईल एसोसियसनको आयोजनामा सम्पन्न भएको थियो ।




