प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

सर्वाधिक पुरस्कार राशिको प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिबारबाट रोल्पाको सदरमुकाम लिबाङमा सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषदको आयोनामा संचालन भएको प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता २ गते सम्म चल्ने छ।

‘लिगकम नकआउट’का आधारमा हुने प्रतियोगितामा ७ प्रदेशबाट महिला पुरुष ७–७ गरि १४ टिम र ३ विभागीय टिमबाट महिला पुरुष ३–३ गरि ६ टिमको सहभागिता रहने छ। दुवैका विजेताले समान ३–३ लाख रुपैयाँ पुरस्कार जित्नेछन। उपविजेताले २–२ लाख तथा तेस्रो हुनेले १–१ लाख प्राप्त गर्नेछन्। प्रतियोगिताको कुल खर्च ५५ लाख रुपैयाँ रहने बताइएको छ। पुरुष महिला दुवै समूहका टिमलाई चार समूहमा विभाजन गरि लिगकम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भएको छ ।

१० टिम पुरुष र १० टिम महिला गरि २० टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन सभामुख कृष्णबहादुर महराले गरेका हुन। उपसभामुख शिबमायाँ तुम्बाहाम्फे सहित रोल्पा आएका सभामुख महराले खेल क्षेत्रको विकासमा भ्यान दिनु पर्ने बताए।

उनले भने ‘देश समृद्धिका लागि खेल क्षेत्रको पनि विकास हुनु जरुरी छ।’ कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार बिष्टले सरकारले खेलक्षेत्रमा ध्यान दिनुपर्ने बताए।

        

प्रदेश १ र ६ अन्तिम १६ मा
प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ प्रदेश १ र प्रदेश ६ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रदेश १ ले प्रदेश ६ लाई २५–१९, २५–१० र २५–१२ को सोझो सेटमा हराउँदै समूह ‘ख’को विजेता हुँदै अन्तिम आठमा स्थान सुरक्षित ग-यो । प्रदेश ६ पनि पराजय पश्चात् उपविजेताका रूपमा अन्तिम आठमा पुगेको छ । अर्को खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिसले जित निकालेका छन् । आर्मीले प्रदेश ३ लाई २५–२१, २५–१९ र २५–१७ को सोझो सेटमा हरायो । पुलिसले प्रदेश ७ लाई २५–१८, २७–२५ र २५–१३ कोे सेटमा पाखा लगायो । एपिएफले प्रदेश २ लाई पाखा लगाएको छ ।

प्रदेश ५ को सहज जित
प्रतिस्पर्धाको महिलातर्फ प्रदेश ५ ले प्रदेश १ लाई २५–१५, २५–२३ र २५–१८ को सोझो सेटमा हराउँदै समूह ‘ख’को विजेता हुँदै अन्तिम आठमा पुगेको छ । समूह ‘ख’मा दुई टोली मात्र भएकाले प्रदेश १ पनि उपविजेता हुँदै अन्तिम १६ मा पुगेको छ ।

महिलातर्फ पुलिस र एपिएफले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाएका छन् । पुलिसले प्रदेश ७ लाई २५–७, २५–९ र २५–९ ले पराजित ग-यो । एपिएफले प्रदेश ४ माथि २५–६, २५–२२ र २५–४ को जित निकाल्यो । आयोजकका अनुसार महिला र पुरुषतर्फ समान १६ खेल हुनेछन् ।