पूजाको नयाँ फिल्म, अमेरिकामा हुनेछ छायांकन

नायिका पूजा शर्माले नयाँ चलचित्रमा साइन गरेकी छिन् । पूजाले यसपटक भने सुदर्शन थापाको  भन्दा बाहिरी ब्यानरको चलचित्रमा काम गर्न लागेकी हुन् । पूजाले काम गर्न लागेको चलचित्रको नाम फाइनल भैसकेको छैन । यो चलचित्रलाई सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गर्दैछन् । चलचित्रको ७० प्रतिशत छायांकन अमेरिकामा हुनेछ ।  चलचित्रमा नायक दयाहाङ राई पूजाको जोडीको रुपमा हुने प्रवल संभावना छ ।  मोडल माला लिम्बु पनि चलचित्रमा हुनेछिन् । चलचित्रको छायांकन अक्टोबरबाट सुरु हुनेछ ।पूजाले  भनिन्–‘कथा निकै मनपर्यो र मैले काम गर्न लागेकी हुँ ।’