थ्रीलर फिल्म ‘रोजी’ मुहुर्त

निरक पौडेलले निर्देशन गर्ने चलचित्र ‘रोजी’ मा प्रदिप खड्का,मिरुना मगर,परमिता राणा,कर्मा शाक्यको मुख्य भूमिका रहेको छ । नेपाल चलचित्र बिकाश कम्पनि बालाजुमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको शुभ मुहर्त सम्पन्न गरिएको छ ।

चलचित्रको मुहर्त सटमा प्रदीपले प्रेमिकाको हत्या अभियोगमा अदालतमा उपस्थित भएर आफ्नो बयान दिए  ।  गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रको प्रस्तुतकर्तामा उद्धव पौडेल रहेका छन् ।

आयरा पौडेल र आरोही केसीको निर्माण रहने ‘रोजी’ लाई राजु विक्रम थापाले खिच्नेछन् । केदार भुषालको कथामा तयार हुन लागेको चलचित्रको सम्पादन मित्र डि गुरुङले गर्नेछन् । पछिल्लो समय होमवर्क निर्देशन गरेका पौडेल पुनः निर्देशनमा फर्किएका हुन् ।