छालाअनुसारको हेयर कलर

                                                                                                                                                                     प्रस्तुति:जुली प्याकुरेल

आफ्नो लुक्समा परिवर्तन ल्याउने चाहना छ भने हेयर कलर सबैभन्दा राम्रो विकल्प हुनसक्छ । त्यसो त अरेन्ज, बर्गन्डी, रेड, गोल्डेन, ब्राउन, कपर एवं लाइट कलरजस्ता थुप्रै विकल्प उपलब्ध छन् तर स्वयंलाई स्टाइलिस, ग्ल्यामरस र आइ क्याची देखाउन वा भीडमा आफूलाई अलग देखाउन कपाललाई रेड टोन दिनुपर्छ । यसमा सम्बन्धित विज्ञको सेवा सल्लाह लिनु राम्रो हुन्छ ।

 

नेचुरल कलर

जब नेचुरल कलरको कुरा गरिन्छ, धेरैले ब्राउन, रेड र बरगन्डी कलर प्रयोग गर्न रुचाउँछन्. । आफ्नो स्कीन टोनअनुसार कलर गराउनु राम्रो हुन्छ । स्कीन टोन एल्लो छ भने गोल्ड वा ब्राउन कलर प्रयोग गरे अनुहार अत्यधिक एल्लो देखिन्छ र मानिस बिरामी परेजस्तो देखिन्छ । यस्ता कुुरामा विचार पुर्‍याउनुपर्छ ।

ब्राउन कलर

यो एउटा सेफ कलर हो । स्कीन कुल छ भने हनीब्लन्ड कलर, स्कीन वार्म छ भने एश ब्राउन कलर प्रयोग गर्नु राम्रो हुन्छ ।

बरगन्डी

यो कलर धेरे चर्चित छ । स्कीन टोन ओलिभ वा एल्लो रंगको छ भने यो कलर उपयुक्त हुन्छ । यो रंग गाढा स्कीन टोनमा सुहाउँदो हुन्छ ।

रेड 

यो कलरमा धेरै सेड पाइन्छ । छाला धेरै गोरो छ भने कपर वा लाइट रेड प्रयोग गर्नुपर्छ, अरेन्ज राम्रो हुँदैन । अलिभ स्कीन टोनमा ब्लु बेस रेड कलर प्रंयोग गर्न सकिन्छ, जुन धेरै गाढा रातो हुने गर्छ । छाला रेड छ भने रेड हेयर कलर गर्नु ठीक हुँदैन ।

गोल्डेन

यो रंग इन्डोएसियन स्कीन टोनमा पटक्कै सुहाउँदैन ।

ब्ल्याक

निख्खर कालो कलर राम्रो देखिदैन । यो हेर्दा विग जस्तै देखिनसक्छ । अतः ब्ल्याकको स्थानमा डार्क ब्राउन कलर प्रयोग गर्नु राम्रो हुन्छ ।

हाइलाइट्स र लोलाइट्स

सम्पूर्ण कपालमा कलर गराउने चाहना छ भने एक पटक हाइलाइट वा लो लाइट्समा ध्यान दिनुपर्छ । हेयर कलर स्कीन टोनभन्दा एक वा दुई शेड लाइट वा डार्क हुनुपर्छ, यसो गर्नाले कपाललाई नयाँ लुक्स प्राप्त हुन्छ ।

-कलेज जानेहरूले नीलो, पहेलो, बैजनी र रातो रंग प्रयोग गर्दा आकर्षण वृद्धि हुन्छ ।

-रेड हेयर कलर ब्राइट शेड हुने गर्छ यसैले यो कलरको प्रयोग भन्दा पहिले आफनो स्कीन टोनमा ध्यान राख्नुपर्छ ।

-इच्छा अनुसार कपाललाई रेडबाट ग्लोबल, शेडेड, स्टाइलसिङ, स्टि्रक्स बि्रक वा हाइलाइट पनि गर्न सकिन्छ । त्यसो त रेड कलर गर्नका लागि स्कीन टोनलाई ध्यानमा राख्नु जरुरी हुन्छ । सामान्यतः फेरि स्कीन भएकामा रेड कलर सुट गर्दैन, यसैले तिनले गोल्डेन वा लाइट कलर प्रयोग गर्नुपर्छ । इन्डो एसियन स्कीन कलरमा रेड वा डार्क कलर राम्रो देखिन्छ ।