जेठ २५ गते मट्टीमाला रिलिज

चलचित्र मट्टीमालाको पहिलो लुक सार्वजनिक भएको छ । मेरी बास्सै का चर्चित बुद्धी तामाङ र रजनी गुरुङ को रोमान्स रहेको मट्टीमालामा चिरन राई, पृथ्वि राई लगायतको अभिनय रहेको छ । चलचित्र टेक पौरखीले लेखन तथा निर्देशन गरेका हुन् भने निर्माताको रुपमा पृथ्वि राई रहेका छन् ।

जेठ २५ गते रिलिज मिति तोकिएको चलचित्र पारिवारिक,रोमान्स तथा कमेडीमा आधारित छ । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’का चर्चित जोडीको रुपमा चिनिएका  हनुमाने–मङ्गली पहिलो पटक ठुलो पर्दामा देखिन लागेका हुन् ।

हनुमाने–मङ्गली को अनस्क्रिन केमिस्ट्री तथा नेपाली टोनी जाका नामले परिचित स्टन्ट म्यान चिरनको एक्सनमा कारण फिल्मलाई वहुप्रतितिक्षित रुपमा हेरिएको छ । चलचित्रमा क्यामेरा राहुल राई, सम्पादन अनिल कुमार महर्जन, संगीत सुमन राई, गीतकार जानू काङ्बाङ लिम्बू , रोशन भट्टराई , साङ्गे ब्लोन तामाङ गायक सुन्दर लामा, सुमन राई,अनन्द राई, चन्द्र लामा, गायिका बबिना किराँती, अमृता लिम्बु छन् ।