“तिमीले छाडे मर्छु  म” गीतको आकर्षक  भिडियो  सार्बजनिक

गायिका  इन्दिरा  भट्टराईले आफ्नो युगलगीत “तिमीले छाडे मर्छु  म”आकर्षक  भिडियो   सहित सार्बजनिक गरेकी छिन्  । गायक संगीतकार र  संगीत संयोजक भुवनप्रकाशबाबुले  इन्दिरालाई यो गीतमा गायनमा  राम्रो  साथ दिएका छन् । संगीत र एरेन्जमेन्ट पनि उनकै रहेको यो गीत कर्णप्रिय छ।

घिताल फिल्मस् प्रा. लिबाट निर्मार्ण गरिएको यो गीतको  भिडियोलाई  होम धितालले  निर्देशन गरेका छन् भने कोरियोग्राफ़ी गोबिन्द श्रेष्ठ, छायॉकंन मरुभुमी नारायण,सम्पादन रोशन धितालको रहेको छ। गायक गायिकाले नै विभिन्न कोरस कलाकारको साथमा आकर्षक अभिनय पनि गरेका छन् ।गीत सबै कोणबाट हेर्न सुन्न लायक छ।