नकुल गौत्तम र सावित्री जोशीको आवाजमा  ” गाजलु तस्विर  ”

लोकदोहोरी गीत संगीतको क्षेत्रमा स्थापित बनिसकेका गायक नकुल गौत्तम र सावित्री जोशीको आवाजमा रहेको ” गाजलु तस्विर  ” गीतको भिडियो बजारमा आएको छ  ।
लोक दोहोरी गीतमा दुखका भावका गीतको बाढी आइरहेको अवस्थामा आम दर्शक तथा श्रोतालाई डान्सिङ गीत बजारमा आएको हो । नेत्र प्रसाद ज्ञवालीको को शब्द तथा  लय सिर्जनामा रहेको गीतमा आफनी मायालुलाई आफनो जिवन साथी बन्नको लागी अनुरोध गरिएको छ ।
 सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन ।  गीतको म्युुजिक भिडियोलाई स्मृति तिम्सिनाले निर्देशन गरेकी हुन । ” गाजलु तस्विर  ” गीतमा काजिश श्रेष्ठ , करिष्मा ढकाल र जमुना , सिताको अभिनय रहेको छ ।
 https://www.youtube.com/watch?v=fXfj6j0BX-g&feature=youtu.be